Yeti Khabar

२०७९ आश्विन १७, सोमबार - Mon Oct, 2022 -

‘प्रेमगीत ३’ विश्वभरका १२ सय पर्दा लाग्ने

प्रतीक्षित फिल्म ‘प्रेमगीत ३’ शुक्रबारबाट नेपाल र भारत एकसाथ रिलिज हुँदैछ । नेपालमा नेपाली र हिन्दी तथा भारतमा हिन्दी भाषामा रिलिज हुन लागेको फिल्म हिन्दी संस्करण विश्वभरका १२ सय पर्दाबाट एकसाथ रिलिज हुने निर्माण युनिटले जनाएको छ ।

फिल्म नेपाल र भारतसहित यूएई, बेलायत, अमेरिका, क्यानडा, सिंगापुर, मलेसिया, दक्षिण अफ्रिका, अस्ट्रेलिया, न्युजिल्यान्ड लगायतमा पनि रिलिज हुँदैछ । फिल्मको भारतमा अग्रिम बुकिङ राम्रो रहेको निर्देशन सन्तोष सेनले जानकारी दिए ।

स्वर्गीय छेतेन गुरुङ र सन्तोष सेनले संयुक्तरुपमा निर्देशन रहेको फिल्ममा प्रदीप खड्का, क्रिस्टिना गुरुङ, शिव श्रेष्ठ, अनुभव रेग्मी, सम्बृद्धि शाही ठकुरी, सुनिल थापा, मनिष राउत, सन्तोष सेन, माओत्से गुरुङ, पुस्कर कार्की, प्रेम पुरी, लक्ष्मी वर्देवा, जीवन भट्टराई, योगिशा खत्री, राज थापालगायतका कलाकारको अभिनय छ । रातोपाटी बाट

Facebook Comment
Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com