Yeti Khabar

२०८१ बैशाख १३, बिहीबार - Thu Apr, 2024 -

आगलागीका घाइतेलाई थप उपचारका लागि कीर्तिपुर पठाइयो

असोज,५ काठमाडौं । ललितपुरको धोविघाटस्थित एक कवाडी गोदाममा आगलागी हुँदा घाइते भएकालाई थप उपचारका लागि कीर्तिपुरस्थित बर्न अस्पताल पठाइएको छ।

घाइतेमध्ये ६५ वर्षिय शिवनारायण पोदार गम्भीर छन्। भारतीय नागरिक उनको अनुहार र शरीरका केही भाग जलेको छ।
यस्तै चितवनका ३० वर्षिय गणेश गुरूङ र ४५ वर्षिय भारतीय नागरिक राम आश्रित साहलाई पनि थप उपचारका लागि कीर्तिपुर पठाइएको ललितपुरका एसपी सुशील शाहीले बताउनु भयो ।

घाइते तीनै जना कवाडी गोदाममै कार्यरत थिए।
धोबिघाट रिङरोडबाहिर रहेको बच्चा साहको सञ्चालन गर्दै आएको कवाडी गोदममा आज दिउँसो १ बजे तिर आगो लागेको थियो।
विगत १४ वर्षदेखि कवाडी गोदाम सञ्चालन गर्दै आएका साहले ५ जनालाई रोजगारीसमेत दिएका थिए।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com