Yeti Khabar

२०८१ बैशाख १३, बिहीबार - Thu Apr, 2024 -

थाइल्यान्डमा सैनिकले चलाए सहकर्मीहरूमाथि गोली, दुईको मृत्यु

थाइल्यान्डमा सैनिकले गोली चलाएर आफ्ना दुई जना साथीको हत्या गरेका छन्।
बुधबार बैंककस्थित रोयल थाइ आर्मी वार कलेजका ५९ वर्षीय सार्जेन्ट मेजर योङयुथ मुङकोर्नकिमले आफ्ना तीन सहकर्मी साथीमाथि गोली चलाएका हुन्।

गोली लागेर दुई जनाको मृत्यु भएको साउथ चाइना मर्निङ पोष्टले जनाएको छ। एक जना सैनिक घाइते छन्। घटना स्थानीय समयअनुसार बुधबार बिहान ८:४५ मा भएको हो।

घटनापछि योङयुथ फरार भएका थिए। करिब १० बजे भने उनले आत्मसमर्पण गरेको सेनाले जनाएको छ।
‘मृतक परिवारप्रति समवेदना प्रकट गर्दछौं। यस घटनाले दुबै परिवार र संगठनलाई ठूलो क्षति पुर्‍याएको छ। यस्तो घटना अपेक्षित थिएन,’ सेनाले जारी गरेको विज्ञप्तिमा भनिएको छ। थाइल्यान्डमा सामूहिक गोलीबारीका घटना विरलै हुन्छन्। यद्यपि गत वर्षमा मात्रै दुई वटा घटना भएका छन्। एजेन्सी

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com