Yeti Khabar

२०८० चैत्र १६, शुक्रबार - Fri Mar, 2024 -

एकै दिन भत्काइए ४० भन्दा बढी संरचना

काठमाडौं महानगरपालिकाले सोमबार मात्र ४० भन्दा बढी अवैध संरचना भत्काएको छ।
अवैध रूपमा निर्माण भएका संरचना भत्काउन महानगरले गत साउन १ गते दिएको ३५ दिने सूचनाको बेवास्ता गरेपछि यही भदौ ६ गतेदेखि त्यस्ता संरचना डोजर लगाएर भत्काउन सुरू गरेको हो।

उक्त कार्यअन्तर्गत सोमबार महानगरले काठमाडौं र तारकेश्वर नगरपालिकाको सिमानामा पर्ने गुम्बा भन्ने स्थानमा रहेको खोला मिचेर बनाइएका केही टहरा र २० सटर भत्काइएको छ।

त्यसैगरी सडक मिचेर बनाइएका पर्खाल पनि डोजर लगाएर भत्काएको नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले जानकारी दिए।
माछापोखरी चोकमा फुटपाथ प्रयोग गरी निर्माण गरिएको फलामको भर्‍याङ र खुसिबुँमा पनि अवैध रूपमा बनाइएका ६ टहरा भत्काइएको प्रमुख पाण्डेले जानकारी दिए।

हाल बेसमेन्ट र अन्डरग्राउन्ड पार्किङ राख्ने सर्तमा कर छुट लिइरहेका ३५ वटा भवन रहेको र ती सबैलाई कानुनी दायरामा ल्याउने तयारी भइरहेको महानगरले जनाएको छ। महानगरले यही भदौ ६ गतेदेखि अवैध रूपमा निर्माण भएका र निर्माण भएअनुरूप प्रयोजन नभएका संरचना भत्काउन थालेको हो। रासस

Facebook Comment
Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com