Yeti Khabar

२०८१ बैशाख १३, बिहीबार - Thu Apr, 2024 -

एसिया कपबाट भारत र अफगानिस्तान बाहिरिए, पाकिस्तान र श्रीलंका फाइनलमा

युएईमा जारी एसिया कप टी–२० क्रिकेटको उपाधिका लागि पाकिस्तान र श्रीलंका भिड्ने भएका छन्।
प्रतियोगितान अन्तर्गत सुपर फोरमा पाकिस्तानले लगातार दोस्रो जित निकालेसँगै प्रतियोगिताको फाइनल समिकरण पूरा भएको छ।

बुधबार सारजाहमा अफगानिस्तानलाई रोमाञ्चक खेलमा १ विकेटले हराउँदै फाइनलमा प्रवेश गरेको हो।
पाकिस्तानको जितसँगै श्रीलंका पनि फाइनल प्रवेश गर्न सफल भयो। दुवैले शीर्ष चारमा समान २–२ जित निकाल्दै एक खेल अगावै फाइनलमा स्थान बनाए। अफगानिस्तान र भारत भने प्रतियोगिताबाट बाहिरिए। अब उपाधिका लागि पाकिस्तानले आइतबार श्रीलंकाको सामना गर्नेछ।

अफगानिस्तानले दिएको १३० रन लक्ष्य पछ्याएको पाकिस्तानले ४ बल बाँकी छँदै पूरा गर्‍यो।
१३० रनको लक्ष्य पछ्याउन पाकिस्तानले अन्तिम ओभरसम्म संघर्ष गर्नुपर्‍यो। १९ औं ओभरमा २ विकेट गुमाएर दबाबमा आएको पाकिस्तान अन्तिम ओभरमा ११ रन आवश्यक भएको बेला पहिलो र दोस्रो बलमा लगातार दुई छक्का प्रहार गर्दै ९ विकेट गुमाएर जित निकाल्न सफल भयो।

पाकिस्तानका लागि सादव खानले सर्वाधिक ३६ रन बनाए। त्यस्तै इफ्तिखर अहमदले ३० रन जोडेका थिए।
ओपनर मोहम्मद रिजवान २० रनमा आउट हुँदा कप्तान बाबर अजाम शून्य रनमा आउट भए।

यस्तै नसिम साह १४ रनमा अविजित रहँदा अन्य खेलाडीले राम्रो प्रदर्शन गर्न सकेनन्।
अफगानिस्तानका लागि फारूखी र फरिद अहमेदले समान ३-३ विकेट लिए। रासिद खानले २ विकेट हात पारे।

त्यसअघि टस हारेर पहिलो ब्याटिङको निम्तो पाएको अफगानिस्तानले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १२९ रन बनाएको थियो।
उसका लागि इब्राहिम जाद्रानले सर्वाधिक ३५ रन बनाएका थिए। त्यस्तै हर्जतुल्लाह जाजाईले २१ रन, रासिद खानले १८, रमनुल्लाह गुर्वाजले १७ रन जोडेका थिए। करिम जनतले १५ रन बनाउँदा नजिबुल्लाह जाद्रान र अजमतुल्लाह ओमरजाईले समान १०-१० रन बनाए।

कप्तान मोहम्मद नाबी शुन्यमै आउट भए।
पाकिस्तानका लागि हरिस रउफले २ विकेट लिँदा सादव खान, मोहम्मद नवाज, मोहमद हसनइन र नसिम साहले समान १–१ विकेट लिए। एजेन्सी

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com