Yeti Khabar

२०८१ बैशाख १३, बिहीबार - Thu Apr, 2024 -

तुलसीपुरको शौचालयमा एक महिला मृत फेला

भदौ,२२ काठमाडौं । दाङ तुलसीपुरको शौचालयमा एक महिला मृत फेला परेकी छन्।
तुलसीपुर उपमहानगरपालिका वडा नं. ६ कपडादेवीकी ३८ वर्षकी कमला लामिछाने शौचालयमा मृत फेला परेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक रञ्जन स्वाँरले जानकारी दिए।

प्रहरी प्रवक्तासमेत रहेका स्वाँरका अनुसार उनी श्रीमान कृष्ण लामिछानेसँग झगडा भएपछि भदौ २० गते नजिकै बस्ने आफ्नी दिदी तेजकुमारी लामिछानेको घरमा गएर बस्दै आएकी थिइन्।

‘श्रीमानले मदिरा सेवन गरी झैझगडा गर्न थालेपछि कमला दिदीको घरमा गएको भन्ने अनुसन्धानबाट खुल्यो,’ स्वाँरले भने, ‘दिदीको घरमै रहेको समयमा बिहान शौचालय गएकी कमला नफर्किएपछि ढोका फोडेर हेर्दा मृत फेला परेकी थिइन्।’

बिहान ६ बजे शौचालय गएकी कमला एक घण्टासम्म नफर्किएपछि ढोका फोडेर हेर्दा घोप्टा परेको अवस्थामा फेला पारी उद्धार गरी राप्ती प्रादेशिक अस्पताल पुर्‍याएको केहीबेरमै चिकित्सकले मृत घोषणा गरेको प्रहरी निरीक्षक स्वाँरले बताए।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com