Yeti Khabar

२०८१ बैशाख १३, बिहीबार - Thu Apr, 2024 -

छुट्टाछुट्टै दुर्घटनामा दुई जना गम्भिर घाइते

भदौ,१९ काठमाडौं । काठमाण्डौको तिनकुनेमा हिजो मोटरसाइकलको ठक्करबाट एक जना पैदलयात्री गम्भिर घाईते भएकी छन् । घाईते हुनेमा अन्दाजी ६५ वर्षिया महिला रहेकी छन् । उनको राष्ट्रिय ट्रमा सेन्टर महांकालमा उपचार भैरहेको छ ।

हिजो बेलुकी साढे ८ बजे नम्बर नखुलेको मोटरसाइकलले पैदलयात्री महिलालाई ठक्कर दिई फरार भएको प्रहरीले जनाएको छ । मोटरसाइकल सहित फरार चालकको खोजी भैरहेको प्रहरी वृत्त बानेश्वरले जानकारी दिएको छ ।

यस्तै काठमाण्डौको मुलपानीमा हिजो बेलुकी ७ बजे दुई ओटा मोटरसाइकल ठोक्किँदा एक जना गम्भिर घाइते भएका छन् । बा ८२ प ६५९९ र बा ९५ प १५६६ नम्बरको मोटरसाइकल ठोक्किएका हुन् ।

घाइते हुनेमा ६५९९ नम्बरका मोटरसाइकल चालक भक्तपुरको चाँगुनारायण नगरपालिका–२ झौखेलका ४० वर्षिय बिकाश थापा मगर रहेका छन् । उनको नेपाल मेडिकल कलेज अत्तरखेलमा उपचार भैरहेको छ ।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com