Yeti Khabar

२०८१ बैशाख ११, मंगलवार - Tue Apr, 2024 -

शिवखोलामा बस दुर्घटना हुँदा १६ जना घाइते

भदौ,१७ काठमाडौं । पूर्व-पश्चिम राजमार्गअन्तर्गत दाङको लमही नगरपालिका–९ स्थित शिवखोलामा बस दुर्घटना हुँदा १६ जना घाइते भएका छन् । नारायणघाटबाट बर्दियातर्फ जाँदै गरेको ना६ख ९६७९ नम्बरको बस शुक्रवार अपराह्रन साढे ४ बजे दुर्घटना भएको हो ।

घाइतेमध्ये एक जनाको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ । दुर्घटनामा १५ जनाको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।बर्दियाको मधुवन नगरपालिका ५ बस्ने ६२ वर्षीया गुठी सोनाहाको शरीरमा भित्री चोट लागेको र अवस्था मध्यम रहेको प्रहरीको भनाइ छ । उनलाई उपचारका मेडिकल कलेज कोहलपुर लगिएको छ ।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com