Yeti Khabar

२०८१ बैशाख १३, बिहीबार - Thu Apr, 2024 -

‘फन पार्क’ले महानगरलाई बुझायो १७ लाख राजश्व

भदौ,१६काठमाडौं । भृकुटीमण्डपमा रहेको ‘काठमाडौं फन पार्क’ले १७ लाख ३७ हजार राजश्व काठमाडौं महानगरपालिकालाई बुझाएको छ। मेयर बालेनको सचिवालय सदस्यका अनुसार उक्त फन पार्कले आज महानगरलाई राजश्व बुझाएको हो।

‘फन पार्कले हामीलाई बुझाउनु पर्ने शुल्क आज बुझाएको छ’ उनले भने ‘फन पार्कले समाज कल्याणलाई बुझाउनुपर्ने रकम पनि बुझाएको जनाएको छ।’

हिजो मात्र महानगरले एक सूचना जारी गरेर २४ घण्टाभित्र काठमाडौं फन पार्कले बुझाउनुपर्ने व्यवसाय कर र बहाल कर सम्बन्धित वडा कार्यालयमा र विज्ञापन कर तथा मनोरञ्जन कर महानगरपालिकाको राजश्व विभागमा बुझाउन पत्र काटेको थियो।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com