Yeti Khabar

२०८१ बैशाख १२, बुधबार - Wed Apr, 2024 -

आउँदो चुनावमा गठबन्धनबीच बलियो तालमेल हुने : प्रचण्ड

रुपन्देही – नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आउँदो सङ्घ र प्रदेशको चुनावमा गठबन्धन दलबीच पालिका चुनावभन्दा बलियो तालमेल हुने विश्वास व्यक्त गर्नुभएको छ । चुनावी तालमेलले पहिलेभन्दा राम्रो नतिजा दिने उहाँको दाबी छ ।

बुटवलमा आज पत्रकारसँग कुराकानी गर्दै अध्यक्ष ‘प्रचण्ड’ले पालिका चुनावमा तालमेल भनेजस्तो नभएकाले त्यसबाट शिक्षा लिएर आउँदो चुनावमा राम्रो गर्ने बताउनुभयो ।

गठबन्धन सरकारले पालिका चुनाव सम्पन्न गरेर सङ्घीय लोकतान्त्रिक गणतन्त्र संस्थागत गर्न दोस्रो निर्वाचन प्रक्रिया सुरु गर्नु ठूलो सफलता भएको उहाँको भनाइ छ । पार्टीको लुम्बिनी प्रदेशस्तरीय बैठकलाई सम्बोधन गर्न अध्यक्ष ‘प्रचण्ड’ रुपन्देही आउनुभएको हो । रासस

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com