Yeti Khabar

२०८१ बैशाख १३, बिहीबार - Thu Apr, 2024 -

गठबन्धनको सामना गर्न एमाले तयार : अध्यक्ष ओली

झापा – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्ता गठबन्धनसँग आउँदो चुनावमा प्रतिस्पर्धा गर्न आफ्नो पार्टी तयार रहेको बताउनुभएको छ ।

बिहीवार गृह जिल्ला झापा आइपुग्नुभएका उहाँले कचनकबलको बनियानीमा आयोजित पार्टी कार्यक्रमलाई सम्बोधन गर्दै गठबन्धनको सामना गर्न एमाले तयार रहेको बताउनुभएको हो । उहाँले एमाले कार्यकर्तालाई उच्च मनोबल र जितको मानसिकता बोकेर चुनावी अभियानमा लाग्न निर्देशन दिनुभयो ।

तीन दिन झापामै रहने

अध्यक्ष ओली आज दिउँसो गृह जिल्ला झापा आउनुभएको हो । उहाँ तीन दिन झापाका पार्टी कार्यक्रममा व्यस्त रहनुहुने बताइएको छ । तीन हप्ताअघि पनि उहाँ चार दिन झापाको पार्टी कार्यक्रममा सहभागी भएर काठमाण्डौ फर्किनुभएको थियो ।

उहाँको संसदीय क्षेत्रका प्रतिनिधि एवम् एमाले प्रदेश कमिटी सदस्य होमबहादुर थापाका अनुसार कचनकबल, बिर्तामोड, गौरादह, दमक र इलामको चुलाचुलीमा आयोजना हुने कार्यक्रममा ओलीले सम्बोधन गर्ने कार्यक्रम छ । रासस

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com