Yeti Khabar

२०८१ बैशाख १२, बुधबार - Wed Apr, 2024 -

एकैदिन कोरोना संक्रमणबाट ५ जनाको मृत्‍यु, ८१५ जना संक्रमित

२६ साउन, काठमाडौं । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ५ जनाको मृत्‍यु भएको छ भने थप ८१५ जना संक्रमित भएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४ हजार ५३४ जनाको परीक्षणमा ८१५ जनामा संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य मन्त्रालयका अनुसार २ हजार ४११जनाको पीसीआर परीक्षण गर्दा ४६५ जना र २ हजार १२३ जनाको एन्टिजेन परीक्षण गर्दा ३५० जनामा संक्रमण देखिएको मन्त्रालयको भनाइ छ ।
यस्तै बिहीबार कोरोना संक्रिय संक्रमितको संख्या ५ हजार ८६९ पुगेको छ । पछिल्लो २४ घण्टामा ४७६ जना संक्रमणमुक्त भएका छन् ।

जसमध्‍ये ५ हजार ६७७ जना होम आइसोलेसनमा रहेका छन् भने १९२ जना संस्थागत आइसोलेसन र ६० जना आईसीयूमा छन् ।
यस्तै ८ जनाको भेन्टिलेरमा राखेर उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।

बिहीबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख ३८ हजार ४४५ पुगेको छ ।
१० वर्ष मुनिका ६ जना बालबालिकामा कोरोना संक्रमण देखिएको छ भने ११देखि २० वर्ष उमेर समूहका ३६ जनामा कोरोना संक्रमित भउको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यस्तै हालसम्‍म कोरोना संक्रमणबाट ९ वर्ष मुनिका ५१ जना बालबालिकाको मृत्‍यु भइसकेको छ भने १० देखि १९ वर्ष उमेर समूहका ५७ जना, द्दण् देखि २९ उमेर समूहका ३८१ जना, ३० देखि ३९ वर्ष उमेर समूहका ९६५ जनाको मृत्यु भइसकेको मन्त्रालयले जनाएको छ ।

यस्तै ५० देखि ५९ वर्ष उमेर समूहका २ हजार ३०५ जना, ६० देखि ६९ वर्ष उमेर समूहका २ हजार ५११ जना, ७० देखि ७९ वर्ष उमेर समूहका २ हजार ३९३ जना, ८० देखि ८० भन्दा माथि उमेर समूहका १ हजार ६४० जना तथा उमेर समूह थाहा नभएका अज्ञातहरु १३ जनाको मृत्यु भइसकेको मन्त्रालयले जनाएको छ ।

कुन जिल्लामा कति संक्रमित थपिए ?

स्वास्थ्य मन्त्रालयका अनुसार सबैभन्दा धेरै काठमाडौंमा १८३ जना, कास्कीमा ६८, ललितपुरमा ५९ र कैलालीमा ३५ जनामा कोरोना संक्रमण देखिएको छ । यस्तै रुपन्देहीमा २०, संखुवासभामा १५ र सुनसरीमा १० जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । अनलाइन खबर

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com