Yeti Khabar

२०८० चैत्र १५, बिहीबार - Thu Mar, 2024 -

बाँकेमा लागुऔषधसहित २ जना पक्राउ

बर्दियाको मधुवन नगरपालिका–८ कुसुम्बाघाट जङ्गलबाट लागुऔषध (ब्राउन सुगर)सहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय ढोढरीबाट खटिएको प्रहरी टोलीले खोजतलास गर्ने क्रममा ६४० मिलिग्राम ब्राउन सुगरसहित सोही ठाउँका दोर्णराज गुरुङ र बेदप्रसाद जैसीलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

थप अनुसन्धानका क्रममा दोर्णराजको घर खानतलासी गर्दा घरको भित्तामा लुकाइछिपाइ राखेको ४२० मिलिग्राम र ९२५ पुरिया गरी जम्मा १.०६ ग्राम ब्राउन सुगर फेला परेको प्रहरीले जनाएको छ । बर्दिया जिल्ला अदालतबाट लागुऔषध मुद्दामा म्याद थप गरी उनीहरूलाई आवश्यक अनुसन्धानका पठाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक वीरेन्द्रबहादुर शाहीले जानकारी दिए । रासस

Facebook Comment
Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com