Yeti Khabar

२०८१ बैशाख ७, शुक्रबार - Fri Apr, 2024 -

दाङमा पाँच वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा शिक्षक पक्राउ

साउन, ९ काठमाडौं । दाङमा एक पाँच वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा निजी विद्यालयका एक शिक्षक पक्राउ परेका छन्।
जिल्लाको राप्ती गाउँपालिका वडा नम्बर ५ स्थित स्टार समिट इंग्लिस स्कुलका शिक्षक ५० वर्षीय श्यामलाल चौधरी पक्राउ परेका हुन्।
जिल्ला प्रहरी प्रमुख एसपी सुरेश काफ्लेका अनुसार आरोपित शिक्षकलाई आज दिउँसो चार बजेपछि पक्राउ गरिएको हो।

‘बालिकालाई आमाले नुहाइदिने बेलामा योनी दुखेको कुरा भनेपछि सोधपुछका क्रममा शिक्षकले बालिकालाई यौन दुर्व्यवहार गरेको पाइएको हो। बालिकाले आफ्नो योनीमा शिक्षकले औंला पसाइदिने गरेको कुरा आमालाई भनेपछि पीडित बालिकाको तर्फबाट अभिभावकले प्रहरीलाई खबर गरेका थिए,’ एसपी काफ्लेले भने, ुपीडितका परिवारले इलाका प्रहरी कार्यालय भालुवाङमा पुगेर पीडिकविरूद्धमा लिखित किटानी जाहेरी दिन आउनुभएको भन्ने कुरा छ।’

अभिभावकको उजुरीका आधारमा इलाका प्रहरी कार्यालय सिसहनियाले शिक्षक चौधरीलाई नियन्त्रणमा लिएको थियो।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com