Yeti Khabar

२०८० चैत्र १५, बिहीबार - Thu Mar, 2024 -

श्रीलङ्काको सत्तारुढ दलले राष्ट्रपतिमा उम्मेदवारी दिने

श्रीलङ्काको सत्तारुढ दलले राष्ट्रपतिमा उम्मेदवारी दिने भएको छ । वर्तमान अन्तरिम राष्ट्रपति तथा प्रधानमन्त्री रनिल विक्रमासिङ्घेलाई नै उम्मेदवार बनाउने सम्भावना रहेको बताइएको छ । निवर्तमान राष्ट्रपति गोटावाय राजापाक्षले देश छाडेर राजीनामा दिएपछि नयाँ राष्ट्रपति चयनका लागि श्रीलङ्कामा आगामी जुलाई २० मा निर्वाचन हुन लागेको छ ।

सत्तारुढ दल श्रीलङ्का पोडुजाना पेरामुना ९एसएलपीपी०का महासचिव सागरा कारियावासामले विक्रमासिङ्घेलाई नै राष्ट्रपतिको उम्मेदवार बनाइने सम्भावना रहेको बताए ।

उनलाई उम्मेदवार बनाएर सबैको समर्थन जुटाउने प्रयास भइरहेको पनि कारियावासामले जानकारी दिए।
सभामुख महिन्दा यापा अबेवार्डेनाले जुलाई २० मा निर्वाचन गर्ने घोषणा शुक्रबार गरेका थिए ।
प्रधानमन्त्री विक्रमासिङ्घेलाई पनि शुक्रबार नै अन्तरिम राष्ट्रपतिको रुपमा सपथ खुवाइएको छ । एजेन्सी

Facebook Comment
Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com