Yeti Khabar

२०८१ बैशाख १३, बिहीबार - Thu Apr, 2024 -

तत्कालीन डोटी प्रमुख प्रशासकीय अधिकृतसहित सात जनाविरूद्ध मुद्दा दर्ता

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले डोटीको सायल गाउँपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृतसहित सात जनाविरूद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ।

तत्कालीन निमित्त प्रमुख नवराज सापकोटा, तत्कालीन इन्जिनियर किरणसागर भण्डारी, वडा नम्बर ५ का अध्यक्ष गणेशबहादुर बोगटी, तत्कालीन लेखापाल दीपक कार्की, उपभोक्ता समितिका अध्यक्ष दुली डुम्रेल, सचिव पदमबहादुर खाती र कोषाध्यक्ष डोल्माकुमारी बोगटी ‘खड्का’ विरूद्ध मुद्दा दर्ता गरेको आयोगले जनाएको छ।

उनीहरूले १४ लाख ३४ हजार २८६.१४ रुपैयाँ भ्रष्टाचार गरेको ठहर गर्दै अख्तियारले विशेष अदालतमा मुद्दा दर्ता गरेको जनाएको छ।
यस्तै आरोपितहरूसँग सोही रकम बराबरको बिगो दाबी समेत गरेको आयोगले जनाएको छ।

आर्थिक वर्ष २०७६/०७७ मा विनियोजन रकमबाट मेल्लेख चपन्ना सडकको काम नगरी मिलेमतोमा रकम भुक्तानी दिई अनियमितता गरेकोबारे उजुरी परेको थियो।
उजुरीका आधारमा छानबिन गर्दा अनियमितता गरेको पाएपछि सातै जनाविरूद्ध मुद्दा दायर भएको आयोगले जनाएको छ। रासस

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com