Yeti Khabar

२०८१ बैशाख १३, बिहीबार - Thu Apr, 2024 -

नेपालको अर्थतन्त्र श्रीलंकाको बाटोमा जाँदैछ भनेर भ्रममा नपर्नुस्ः सञ्चारमन्त्री

सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले मुलुकको अर्थतन्त्र संकटमा फसेको श्रीलंकाको बाटोतर्फ भइरहेको छ भन्ने भनाइमा कुनै सत्यता नरहेको बताएका छन्।

नेपाल सरकारका प्रवक्ता समेत रहेका मन्त्री कार्कीले मुलुकको अर्थतन्त्र श्रीलंकाको बाटोमा गइरहेको छ भनेर भ्रममा पार्ने कोशिस भइरहेको उल्लेख गर्दै त्यसबाट मुक्त हुन पनि सबैलाई आग्रह गरे।

शनिबार सुनसरीको इनरुवामा आयोजित एक कार्यक्रममा बोल्दै उनले मुलुकको अर्थतन्त्रलाई श्रीलंकाको बाटोमा जान नदिन सरकार सचेत रहेको पनि पटकपटक दोहोर्‍याए। मन्त्री कार्कीले सबैले एकतावद्ध ढंगले प्रयास गरे मुलुकको अर्थतन्त्रलाई छिट्टै सवल बनाउन सकिने दाबी समेत गरे।

उनले भने, ‘नेपाल अर्थतन्त्र श्रीलंकाको बाटोमा गइराखेको छ भनेर एउटा सुनियोजित हल्ला चलाइएको छ। त्यो हल्लामा कुनै सत्यता छैन। त्यसैले हामीले श्रीलंकाको उदाहरणबाट सचेत होऊ। तर मुलुकको अर्थतन्त्र श्रीलंकाको तर्फ जाँदैछ भन्ने कुराको भ्रममा नपर्नका निमित्त म सबैलाई आग्रह गर्न चाहन्छु। मुलुकको अर्थतन्त्रमा चुनौतीहरु छन्। ती चुनौतीहरुलाई हामीले सामना गर्नु पर्दछ। हाम्रो अर्थतन्त्र संकटपूर्ण होइन, चुनौतीपूर्ण होइन। हाम्रो अर्थतन्त्र सवल अर्थतन्त्रको रुपमा, गतिशील अर्थतन्त्रको रुपमा, लय पक्रेको अर्थतन्त्रको रुपमा अगाडि बढन सक्दछ। हाम्रो यो अर्थतन्त्रलाई मजदुत बनाउनका निमित्त हामीले एकताका साथ दूरदृष्टि राखेर अगाडि बढ्यौ भने हाम्रो अर्थतन्त्र सवल हुनेछ।’

मन्त्री कार्कीले सबै नेपाली नागरिकले नागरिकता पाउने गरी सरकारले नागरिकता सम्बन्धि नयाँ विधेयक ल्याउनु परेको पनि स्पष्ट पारे। नागरिक दैनिक

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com