Yeti Khabar

२०८१ बैशाख ११, मंगलवार - Tue Apr, 2024 -

सुख्खा पहिरो जाँदा हिँडिरहेकी महिलाको आधा शरीर पुरियो

असार, २१ काठमाडौं । सुर्खेतको पञ्चपुरी नगरपालिका–७ डौरीखोलानजिक सुख्खा पहिरो जाँदा एक जना महिलाको आधा शरीर पुरिएको छ।
बाटोमा हिँडिरहेका बेला ती महिला पहिरोमा परेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता प्रहरी नायब उपरीक्षक सुरज कार्कीका अनुसार अछामको तुर्माखाँद गाउँपालिका–६ रानीवनकी अमृता जैसी पहिरोमा परेकी हुन्।
उद्दारका लागि गएको प्रहरीले लगातर पहिरो खसिरहेकाले उद्दार गर्न सकेको छैन।

‘कम्मरमुनिको भाग पुरिएको भनेर हामीलाई टिपाएको छ, प्रहरी उद्दारका लागि घटनास्थल गइसक्यो,’ डिएसपी कार्कीले भने, ‘घटनास्थल प्रहरी पुगेपछि पहिरो खसिरहेकाले उद्दार गर्न नसकेको भन्ने आएको छ।’

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com