Yeti Khabar

२०७९ आश्विन १६, आईतवार - Sun Oct, 2022 -

बस दुर्घटना हुँदा ९ जनाको मृत्यु २२ जना घाइते

असार,२१ काठमाडौं । रामेछापमा यात्रुबाहक बस दुर्घटनामा परेको छ। दुर्घटना हुँदा ९ जनाको घटनास्थलमै मृत्यु भएको छ।
खाँडादेवी गाउँपालिका-१ स्थित लुभुघाटमा आज बिहान १० बजे बस सडकबाट अन्दाजी ४० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक राजकुमार थिङले जानकारी दिए।

‘म घटनास्थलमा पुग्न लागें। हाम्रो प्रहरी निरीक्षकसहितको टोली खटिएर उद्दार गरिरहेको छ,’ उनले भने, ९ जनाको घटनास्थलमै मृत्यु भएको छ। मृतकहरू चार जना महिला र पाँच जना पुरूष छन्। उनीहरूको सनाखत हुन बाँकी छ।

उनका अनुसार बा ३ ख ८३९६ नम्बरको बस दुर्घटनामा परेको हो। दुर्घटनामा परी २२ जना घाइते छन्। घाइतेहरूको उपचारको लागि धुलिखेल पठाइएको छ। चार जनालाई हेलिकप्टरबाट ल्याउने तयारी भइरहेको छ।

Facebook Comment
Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com