Yeti Khabar

२०८१ बैशाख १२, बुधबार - Wed Apr, 2024 -

हिमाञ्चलमा बस दुर्घटना: स्कुले केटाकेटीसहित कम्तीमा १६ जनाको मृत्यु

भारतको हिमाञ्चल प्रदेशमा सोमबार एउटा बस दुर्घटना हुँदा केही स्कुले केटाकेटीसहित कम्तीमा १६ जनाको मृत्यु भएको छ।
एनडिटिभीका अनुसार सैन्जतिर गइरहेको बस कुल्लुनजिकै बिहान साढे ८ बजेतिर एउटा खोंचमा खसेको थियो।

उक्त बसमा कम्तीमा ४० जना विद्यार्थी रहेको स्थानीय प्रहरीले जनाएको छ। घाइतेहरूलाई नजिकैको अस्पतालमा लगिएको छ।
मृतकको संख्या अझै बढ्ने सम्भावना छ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दुर्घटना हृदयविदारक भएको बताएका छन्। उनले शोक सन्तप्त परिवारमा समवेदना प्रकट गरेका छन्। एजेन्सी

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com