Yeti Khabar

२०८१ बैशाख १४, शुक्रबार - Fri Apr, 2024 -

विपन्न दलित महिलालाई बाख्रा वितरण

आर्थिक रूपमा विपन्न अवस्थामा रहेका दलित महिलाको आय आर्जनमा टेवा पु¥याउन शुक्लाफाँटा नगरपालिका वडा नं ९ ले आज निःशुल्क बाख्रा वितरण गरेको छ । वडामा बसोवास गर्ने २५ जना दलित महिलालाई बाख्रा वितरण गरिएको हो ।

वडा अध्यक्ष रमेशबहादुर ऐरका अनुसार आब २०७८/७९ मा विनियोजित रु चार लाख खर्च गरेर बाख्रा वितरण गरिएको छ । “वडाका विपन्न अवस्थाका दलित परिवारलाई एक वटाका दरले बाख्रा वितरण गरेका छौँ”, उनले भने, “यसबाट दलित परिवारको आय आर्जनमा टेवा पुग्छ । वितरण गरिएका बाख्राबाट जन्मिएको पाठापाठी वडा कार्यालयले खरिद गर्नेछ । ती बाख्राका पाठापाठीहरू अर्का विपन्न परिवारलाई वितरण गर्छौँ ।” यो प्रकृया निरन्तर चलाइने उनले बताए ।

बाख्रा वितरण कार्यक्रमको शुभारम्भ गर्दै नगर प्रमुख रणबहादुर महराले बाख्रापालन निर्वाहमुखीभन्दा व्यावसायिक बन्नुपर्ने बताए । रासस

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com