Yeti Khabar

२०७९ आश्विन १२, बुधबार - Wed Sep, 2022 -

दुर्व्यवहार गरेको भन्दै जुरेलीले दिइन् प्रहरीमा जाहेरी

असार, १७ काठमाडौं । आफूमाथि दुर्व्यवहार गरेको भन्दै रेस्लर अस्मिता जुरेलीले युवा संघ नेपालका केन्द्रीय सदस्य हिक्मत बोहराविरूद्ध प्रहरीमा जाहेरी दिएकी छन्।

ललितपुर महानगरपालिकास्थित फर्सिडोलमा असार १५ गते बुधबार धान दिवसको दिन नेकपा एमालेको भ्रातृ संगठन युवा संघले धान रोप्ने कार्यक्रम आयोजना गरेको थियो।

त्यसक्रममा बोहराले आफूमाथि दुर्व्यवहार गरेको भन्दै जुरेलीले ललितपुर जिल्ला परिसरमा जाहेरी दिएकी हुन्। बोहरा युवा संघका केन्द्रीय सदस्य हुन् भने जुरेली सदस्य हुन्।

उनले बिहीबार परिसरमा पुगेर जाहेरी दिएको ललितपुरका प्रहरी उपरीक्षक सिद्धिविक्रम शाहले जानकारी दिए।
‘हिजो साँझ आएर जाहेरी दिनुभएको हो। आजबाट प्रक्रिया अघि बढ्छ,’ उनले भने।
जुरेलीले दुई वटा विषय समावेश गरेर जाहेरी दिएकी हुन्। उनले दुर्व्यवहार र अभद्र व्यवहार गरेको भन्दै जाहेरी दिएकी हुन्।

Facebook Comment
Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com