Yeti Khabar

२०८१ बैशाख ११, मंगलवार - Tue Apr, 2024 -

आफ्नै स्कुल बसले ठक्कर दिँदा बालकको मृत्यु

असार, १४ काठमाडौं । आफ्नै स्कुलको बसले ठक्कर दिँदा मोरङको रंगेलीमा चार वर्षीय एक छात्रको मृत्यु भएको छ भने अर्की ६ वर्षकी छात्रा घाइते भएकी छन्।

रंगेली –स्थित माउन्टेन मकालु बोर्ङिङ स्कुलको बसले ठक्कर दिँदा नर्सरीमा पढिरहेका रङ्गेली–५ का महादेव मण्डलका छोरा ४ वर्षका हृतिक मण्डलको मृत्यु भएको छ।

स्कुल बसको ठक्करले घाइते बालकलाई उपचारका लागि स्वास्थ्य केन्द्र पुर्‍याउँदा चिकित्सकले मृत घोषणा गरेका थिए।
सोही स्कुलमा एल केजीमा अध्ययनरत रङ्गेली–६ का नरेश मण्डलकी छोरी ६ वर्षीया सुनमकुमारी मण्डल गम्भीर घाइते भएकी छन्। उनको विराटनगरमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com