Yeti Khabar

२०८१ बैशाख १३, बिहीबार - Thu Apr, 2024 -

रवि लामिछानेको पार्टी विवादमा

असार, ८ काठमडौं । दर्ता हुन नपाउँदै रवि लामिछाने नेतृत्वको ‘राष्ट्रिय स्वतन्त्र पार्टी’लाई विवादमा तान्ने प्रयास भएको छ । लामिछानेले २१ जना कार्यसमितिको नामावलीसहित निर्वाचन आयोगमा हिजो पार्टी दर्ताका लागि निवेदन दिएका थिए । लामिछानेले पार्टीको नाममा ‘स्वतन्त्र’ शब्दको प्रयोग गरेको भन्दै विवाद निकालिएको हो ।

प्रतिनिधिसभा निर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिने तयारी गरेका मनोज पण्डित, राजकुमार बजगाइँ, पुष्कर शाहसहित ४ जनाले आज राष्ट्रिय स्वतन्त्र पार्टी दर्ता रोक्न माग गर्दै आयोगमा उजुरी दिएका छन् । यस्तै स्वतन्त्र उम्मेदवारी अभियानका तर्फबाट डम्बर शाहले पनि आजनै आयोगमा उजुरी दिएका छन् । स्वतन्त्र प्रतिको बढ्दो आकर्षणलाई मुठ्ठीमा कब्जा गर्ने दूषित मनसाय राखेर पार्टीको नाम राष्ट्रिय स्वतन्त्र पार्टी राखेको भन्दै पार्टी दर्ता नगर्न उनको माग छ ।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com