Yeti Khabar

२०८१ बैशाख १२, बुधबार - Wed Apr, 2024 -

उपाध्‍यक्षको देवर नाता पर्ने व्‍यक्तिको मृत्‍युमा गाउँपालिकाभरी सार्वजनिक विदा

असार, ५ काठमाडौं । रुपन्देहीको मर्चवारी गाउँपालिकाको उपाध्‍यक्षको देवर नाता पर्ने व्‍यक्तिको मृत्‍युमा गाउँपालिकाभरी सार्वजनिक विदा दिइएको छ ।

गाउँपालिकाले आज एक विज्ञप्ति जारी गर्दै गाउँपालिकाको उपाध्यक्ष आशा सिंहको देवर नाता पर्ने व्‍यक्तिको आज नै सवारी दुर्घटनामा मृत्‍यु भएपछि सार्वजनिक विदाको दिइएको जनाएको छ ।

गाउँपालिकाका अध्‍यक्ष गया प्रसाद बरईद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘‍‘मिति २०७९/३/०५ गतेका दिन यस का कार्यालय लगायत सम्पूर्ण वडा कार्यालयहरु, सामुदायिक तथा निजी विद्यालयहरु तथा अन्‍य संघ संस्थाहरु समेत बन्द रहने व्‍यहोरा यसै सूचनाद्वारा जानकारी गराइन्छ ।’

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com