Yeti Khabar

२०७९ आश्विन १६, आईतवार - Sun Oct, 2022 -

सिसडोलमा रंगशाला र पार्क बनाउन चाहन्छौं: मेयर बालेन

असार, ५ काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले सिसडोलमा रंगशाला र पार्क बनाउन आफूहरूले चाहेको बताएका छन्।
आज बिहान एन्फाका पंकजविक्रम नेम्वाङसँगको भेटमा उनले सिसडोलको फोहोर व्यवस्थापन गरी त्यहाँ रंगशाला र पार्क बनाउने चाहना रहेको बताए।

उनले लिग खेल्ने काठमाडौंका क्वलबहरूमा बाहिरका खेलाडीको बर्चश्व रहेकोले स्थानीय खेलाडी टिम बनाउन लागिएको र त्यसका लागि रंगशाला पनि आवश्यक पर्ने बताएका थिए।

‘महानगरका क्लबबाट खेल्ने खेलाडी उत्पादन गर्नको लागि सम्बन्धित पक्षसँग सहकार्य गर्दै ग्रासरूट फुटबलका कार्यक्रम सञ्चालन गर्न चाहन्छौं,’ मेयर बालेनले भने, ‘सिसडोलमा रहेको फोहोरलाई उचित ब्यबस्थापन गरेर सुन्दर रंगशाला र पार्क निर्माण गर्न चाहन्छौं।’

Facebook Comment
Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com