Yeti Khabar

२०८० चैत्र १५, बिहीबार - Thu Mar, 2024 -

बङ्गलादेशमा बाढीका कारण २५ जनाको मृत्यु

देशमा विनाशकारी बाढीका कारण बङ्गलादेशमा २५ जनाको मृत्यु भएको सञ्चारमाध्यमहरूले जनाएका छन्। रेडियो पाकिस्तानले देशका विभिन्न सहरहरूमा ४० लाखभन्दा बढी मानिस अलपत्र परेको बताएको छ । भारी वर्षाका कारण बुधबार ९जुन १५० त्यस क्षेत्रमा बाढी आएको हो ।

बुधबार ९जुन १५० उत्तर९पूर्वी क्षेत्रहरूमा भारी वर्षा र अपस्ट्रीम भारतको मेघालयमा रेकर्ड९ब्रेक हने गरी वर्षात् भएको छ । सिलहट र सुनमगञ्ज जिल्लामा बाढीको अवस्था बिग्रँदै गएको छ भने अन्य जिल्लामा पनि बाढीको जोखिम रहेको स्थानीय सञ्चारमाध्यमले शनिबार जनाएका छन् ।

डेली स्टारका अनुसार सिल्हेटका गोवाइनघाट, कम्पानिगञ्ज, कानाईघाट, जैंतियापुर, सिल्हेत सदर, जाकीगञ्ज, विश्वनाथ, गुलाबगञ्ज र बेनीबजार सबैभन्दा बढी प्रभावित क्षेत्र हुन् । त्यसैगरी हबिगञ्ज जिल्लाको अजमिरीगञ्ज, नबीगञ्ज, हबिगञ्ज सदर उपजिल्ला र हबिगञ्ज शहर शुक्रबारको बाढीले डुबानमा परेका छन् ।

आगामी दुई दिनभित्र बङ्गलादेश र भारतको उत्तरपूर्वी क्षेत्रमा बाढी तीव्र हुने अनुमान मौसमविद्हरूले गरेका छन्। आसममा १ लाख २३ हजार लाखभन्दा बढी मानिस प्रभावित भएका छन् । बाढीले जिल्लाका कैयौं तटबन्ध र सडक भत्काउनुका साथै धेरै घरहरू बगाएको छ ।

जिल्लाका पश्चिम नलबारी, घोगरापार, बारभाग, नलबारी, तिहु, बनेकुची र बर्खेत्री राजस्व सर्कलमा बाढीको प्रकोप जारी छ भने २०३ गाउँ डुबानमा परेका छन् । असम राज्य प्रकोप व्यवस्थापन प्राधिकरण (एएसडीएमए) को रिपोर्ट अनुसार विगत दुई दिनदेखि परेको मुसलधारे वर्षाले जिल्लाका धेरै नदीहरूको पानीको सतह बढ्दै गएको छ र १,८९१.८० हेक्टर बाली जमिन डुबानमा परेको छ।
जिल्लामा पछिल्लो २४ घण्टामा बाढीमा डुबेर दुई जनाको मृत्यु भएको जनाइएको छ । एजेन्सी

Facebook Comment
Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com