Yeti Khabar

२०८१ बैशाख १३, बिहीबार - Thu Apr, 2024 -

सबै विद्यार्थीलाई सहुलियत विद्युतीय चुल्हो व्यवस्था गर्न नेविसंघको माग

नेपाली कांग्रेसको प्रमुख भ्रातृ संस्था नेपाल विद्यार्थी संघ (नेविसंघ) ले सबै विद्यार्थीलाई सहुलियत दरमा विद्युतीय चुल्हो व्यवस्था गर्न माग गरेको छ।

नेविसंघका अध्यक्ष दुजाङ शेर्पाको नेतृत्वमा आज वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रका प्राविधिक निर्देशक डा नारायणप्रसाद अधिकारीलाई भेटेर सरकारद्वारा सहुलियत दरमा वितरण गरिने भनिएको विद्युतीय चुल्हो सबै विद्यार्थीहरूलाई वितरण गर्न माग गरिएको हो।

वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रको जेठ २५ को निर्णयअनुसार आदिवासी, जनजाति र दलित विद्यार्थीलाई सहुलियतमा चुल्हो दिने निर्णयको नेविसंघले स्वागत गर्दै आवश्यकताको सिद्धान्तअनुसार सम्पूर्ण विद्यार्थीलाई सहुलियतमा विद्युतीय चुल्हो उपलब्ध गराउन माग गरेको हो।

नेविसंघका अध्यक्ष शेर्पाले विद्यार्थीको आधारभूत आवश्यकता विद्युतीय चुल्हो भएकाले सहुलियत दरमा उपलब्ध गराउन केन्द्रलाई आग्रह गरेका हुन्। रासस

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com