जिल्ला अदालत परिसरमा गोली चल्यो
जेठ,२३ काठमाडौं । नवलपरासी पश्चिमको सदरमुकाम परासी बजारस्थित जिल्ला अदालत परिसरमा गोली चलेको छ ।
अंश मुद्दाका झगडिया सरावल गाउँपालिका–४ मंगलापुरका ३२ वर्षीय हर्षराम यादवले आफ्नी काकी रोशनी यादवलाई लक्षित गरेर गोली हानेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक ऋषिराम कँडेलले बताए ।
प्रहरीका अनुसार अंश मुद्दामा उनीहरुबीच आज मिलापत्र गर्ने तयारी थियो ।