Yeti Khabar

२०८१ बैशाख १४, शुक्रबार - Fri Apr, 2024 -

शेरबहादुर देउवा नेतृत्वको मन्त्रिपरिषदमा दुई जना गैरसांसद मन्त्री

जेठ ,२२ काठमाडौं । शेरबहादुर देउवा नेतृत्वको मन्त्रिपरिषदमा दुई जना गैरसांसद मन्त्री हुने भएका छन्। नेकपा (एकीकृत समाजवादी) ले आज बहालवाला मन्त्री फिर्ता बोलाएर नयाँलाई मन्त्री बनाउन सिफारिस गरेसँगै मन्त्रिपरिषदमा दुई जना गैरसांसद रहने भएका हुन्।

एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले अछामका शेरबहादुर कुँवरलाई श्रम तथा रोजगार मन्त्री बनाउन सिफारिस गरेका छन्।
उनीसहित नयाँ मन्त्रीहरू मेटमणि चौधरी, जीवनराम श्रेष्ठ, भवानी खापुङले भाली सपथ ग्रहण गर्ने छन्।

कुँवर यसअघि राष्ट्रिय सभा सदस्य थिए। गत फागुनमा उनको राष्ट्रिय सभाको चार वर्षे कार्यकाल सकिएको थियो।
मन्त्री नरहेका व्यक्तिलाई ६ महिनासम्म मन्त्री बनाउन सक्ने संवैधानिक व्यवस्था छ।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com