Yeti Khabar

२०८१ बैशाख १२, बुधबार - Wed Apr, 2024 -

मन्त्री हेरफेर नियमित प्रक्रिया होः माधव नेपाल

जेठ, २२ काठमाडौं । एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले मन्त्री हेरफेर नियमित प्रक्रिया भएको बताएका छन् ।
पार्टीको सचिवालय बैठकपछि पत्रकारहरूलाई संक्षिप्त प्रतिक्रिया दिँदै अध्यक्ष नेपालले पार्टीबाट मन्त्री बनेकाहरूलाई सुरुमै ६ महिनाका लागि भनिएको बताए ।

एकीकृत समाजवादीको आजको सचिवालय बैठकले पार्टीका तर्फबाट सरकारमा सहभागि मन्त्रीहरूलाई फिर्ता बोलाउने निर्णय गरेको छ ।

एकीकृत समाजवादीले हिराचन्द्र केसी, मेटमणि चौधरी, जीवनराम श्रेष्ठ, भवानी खापुङ र शेरबहादुर कुँवरलाई मन्त्री बनाउन सिफारिस गरेको छ । चौधरीलाई शहरी विकासमन्त्री बनाउने तयारी छ । त्यस्तै श्रेष्ठ संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, कुँवर श्रम, रोजगार तथा सामाजिक सुरक्षा, खापुङ स्वास्थ्य तथा जनसंख्यामन्त्री बन्ने तयारी छ । हीरा केसीलाई भने स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री बनाउने एकीकृत समाजवादीको तयारी छ ।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com