Yeti Khabar

२०८० चैत्र १५, बिहीबार - Thu Mar, 2024 -

हुम्ला जिल्ला अदालतको भवन उद्घाटन

जेठ,१८ काठमाडौं । हुम्ला जिल्ला अदालतको नवनिर्मित भवनको उद्घाटन गरिएको छ । कामु प्रधानन्यायाधीश दीपककुमार कार्कीले बुधबार एक कार्यक्रमका बीच उक्त भवन उद्घाटन गरेका हुन् ।

उनले आफ्नै भवन भएपछि न्याय क्षेत्रमा नागरिकका लागि सहज वातावरण बनेको बताए । उनले हरेक नेपाली न्यायको पक्षमा भइरहने हुँदा न्याय पाउने स्थान नागरिकको सहज पहुँचमा रहनुपर्ने बताए । कार्यक्रममा सर्वोच्च अदालतका वरिष्ठ न्यायाधीश हरिकृष्ण कार्कीले न्याय क्षेत्र नागरिकको प्राथमिकताको विषय भएकाले यसमा कानुन व्यवसायी सदैव गम्भीर हुनुपर्ने बताए ।

प्रमुख जिल्ला अधिकारी सीता परियार र जिल्ला अदालतका न्यायाधीश जगतबहादुर पौडेलले जिल्ला अदालतको भवन निर्माण सम्पन्न भएकोमा खुसी व्यक्त गरे । भवन निर्माणका लागि दुई करोड ६२ लाख २५ हजार खर्चिएको अदालतका श्रेस्तेदार कमलकुमार आर्चायले जानकारी दिए । रासस

Facebook Comment
Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com