Yeti Khabar

२०८१ बैशाख १३, बिहीबार - Thu Apr, 2024 -

विवेकशील साझाका अध्यक्ष रवीन्द्र मिश्रले दिए राजीनामा

जेठ, ११ काठमाडौं । विवेकशील साझाका अध्यक्ष रवीन्द्र मिश्रले राजीनामा दिए ।आज उनले सामाजिक सञ्जाल फेसबुकमार्फत् राजीनामा दिएको बताएका हुन्। स्थानीय तह निर्वाचन २०७९ मा निराशाजनक परिणाम भएको हुँदा नैतिकताको आधारमा राजीनामा दिएको उनले बताएका हुन्।

‘स्थानीय निर्वाचनमा २०७९ मा विवेकशील साझा पार्टीको आम रूपमा निराशाजनक परिणाम आएको सर्वविदित नै छ, ’ उनले लेखेका छन्, ‘गत ५ वर्ष तन, मन र धनले भ्याएसम्म पहिले संयोजक र पछि अध्यक्षका रूपमा निस्वार्थ र इमानदार प्रयास गर्दागर्दै पनि निर्वाचनमा जस्तो परिणाम आयो त्यसको सम्पूर्ण जिम्मेवारी लिँदै पार्टी अध्यक्षको पदबाट नैतिकताको आधारमा आजकै मितिबाट राजीनामा दिएको जानकारी गराउन चाहन्छु।’

उम्मेदवारहरूले राम्रो नतिजा हासिल गर्न नसक्नुको जिम्मेवारी पार्टीको नेताको रूपमा आफूले लिनुपर्ने बताएका छन्।
यस चुनावमा विवेकशील साझाले बाराको फेटा गाउँपालिका र त्यहाँका दुई वडामा जितेको छ। जितेका प्रतिनिधिहरूलाई पनि पूर्ण रूपमा सहयोग गर्ने उनले प्रतिबद्धता जनाएका छन्।

‘विवेकशील साझाले उठाएका प्रमुख मुद्दा र नारा आजभोलि धेरै पार्टी र तिनका नेताहरूले उठाउन र बोल्न थालेका छन्। त्यो तपाईंहरूकै देन हो। विवेकशील साझाले उठाएका प्रमुख मुद्दाहरू सम्बोधन नगरेसम्म यो देशको रूपान्तरण असम्भव हुनेछ,’ उनले भनेका छन्।

उनले विचारभन्दा माथि देशको दस्तावेज पार्टीको केन्द्रीय समितिको दुई तिहाइभन्दा बढी मतले पारित गर्दा त्यस निर्णयविरूद्ध भएका गतिविधिका कारण पार्टीका संयोजक मिलन पाण्डे लगायतलाई कारबाही गरिएको थियो।

आफूले राजीनामा दिइसकेको हुँदा कारबाही पनि फिर्ता गरिदिन मिश्रले अनुरोध गरेका छन्।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com