Yeti Khabar

२०८१ बैशाख १४, शुक्रबार - Fri Apr, 2024 -

हुम्लाको खार्पुनाथमा कुटपिटबाट घाइते भएका छत्रबहादुर शाहीको मृत्यु

५ जेठ काठमाडौं । हुम्लाको खार्पुनाथमा कुटपिटबाट घाइते भएका ६० वर्षीय छत्रबहादुर शाहीको मृत्यु भएको छ ।
आफ्नै घर बाहिर बसिरहेका बेला एक समूहको कुटपिटबाट गम्भीर घाइते भएका शाहीको उपचारका क्रममा नेपालगन्जको नर्सिङ होममा मृत्यु भएको हो ।

वैशाख ३१ गते घर बाहिर बसिरहेका बेला ६० वर्षीय शाहीलाई एक समूहले कुटपिट गरेको उनका छोरा सागर शाहीले बताए । सख्त घाइते भएका शाहीलाई हेलिकप्टरबाट उपचारका लागि सिमकोट ल्याइएको थियो । जिल्ला अस्पताल सिमकोटमा उपचार हुन नसकेपछि सुर्खेत रेफर गरिएको थियो । त्यहाँबाट पनि नेपालगञ्ज पुर्‍याइएको थियो ।

मृतक शाहीको शव आफन्तले बुझ्न मानेका छैनन् । कुटपिटमा संलग्न भएको आरोपमा ९ जनाविरुद्ध उजुरी दर्ता गरे पनि जिल्ला प्रहरी कार्यालयले अहिलेसम्म प्रक्राउ नपरेपछि शव नबुझेको मृतकका छोरा सागरले बताए ।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com