Yeti Khabar

२०८० चैत्र १५, बिहीबार - Thu Mar, 2024 -

स्वतन्त्र उम्मेदवार हर्क साम्पाङले मतान्तर फराकिलो बनाउँदै

६ जेठ, काठमाडौं । धरान उपमहानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार हर्क साम्पाङले मतान्तर फराकिलो बनाउँदै लगेका छन् ।
सत्तारुढ दलहरुको समर्थन पाएका नेपाली कांग्रेसका उम्मेदवार किशोर राईलाई १२९७ मतान्तरले पछि पार्दै साम्पाङले अग्रता लिइरहेका छन् ।

आज दिउँसो साढे १२ बजेसम्म सम्पन्न ३९ हजार ३५७ मत गणनाको नतिजा अनुसार उनले १२ हजार १५ मत प्राप्त गरिसकेका छन् । कांग्रेसका उम्मेदवार किशोर राईले १० हजार ७१८ मत प्राप्त गरेका छन् भने एमालेकी उम्मेदवार मञ्जु भण्डारीले ८ हजार ७३९ मत प्राप्त गरेकी छिन् ।

उपमेयरमा नेकपा माओवादी केन्द्रका उम्मेदवार अइन्द्रबिक्रम बेघाको अग्रता कायमै छ । उनले १२ हजार ३७६ मत प्राप्त गरेका छन् भने एमालेका पदम इस्वो लिम्बुले ११ हजार ७६५ मत प्राप्त गरेका छन् ।

Facebook Comment
Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com