Yeti Khabar

२०८१ बैशाख १२, बुधबार - Wed Apr, 2024 -

धादिङको थाक्रे अध्यक्षमा एमाले, उपाध्यक्षमा माओवादी केन्द्र

जेठ, ६ काठमाडौं । धादिङको थाक्रे गाउँपालिकाको अध्यक्षमा नेकपा (एमाले) र उपाध्यक्षमा नेकपा (माओवादी केन्द्र) विजयी भएको छ ।
अध्यक्षमा एमाले उम्मेदवार रामकुमार आचार्य दुई हजार २३९ मतको अन्तरमा विजयी भएका हुन् । आचार्यले १० हजार ३५५ तथा उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका रामप्रसाद विडारीले आठ हजार ११६ मत प्राप्त गरे ।

यसैगरी उपाध्यक्षमा पाँच दलीय गठबन्धनका तर्फबाट माओवादी केन्द्रका यन्त्रबहादुर थापाले एमालेकी अम्बिका रुपाखेतीलाई ३४० मतान्तरले हराए । थापाले नौ हजार ४३१ तथा रुपाखेतीले नौ हजार ९१ मत प्राप्त गरे ।

योसँगै धादिङको दुई नगरपालिका, ११ गाउँपालिका र १०४ वडाको नतिजा आएको छ । कांग्रेसले पालिका प्रमुख सात र उपप्रमुख पाँच, माओवादी केन्द्रले पालिका प्रमुख तीन र उपप्रमुख पाँच, एकीकृत समाजवादीले पालिका प्रमुख एक र उपप्रमुख तीन तथा एमालेले दुई पालिका प्रमुखमा जित हासिल गरेको छ । रासस

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com