Yeti Khabar

२०८१ बैशाख १४, शुक्रबार - Fri Apr, 2024 -

झापाका यी पालिकाको मतपरिणाम आउन बाँकी

१५ वटा स्थानीय तह रहेको झापामा अझै नौ पालिकाको मतपरिणाम आउन बाँकी छ । जिल्ला निर्वाचन कार्यालय झापाले छ पालिकाको मतगणना सकिएको जनाएको हो । जसमा कन्काई र भद्रपुर नगरपालिकाको मतगणना सकिएको छ भने बाह्रदशी, झापा, हल्दिवारी र कचनकवल गाउँपालिकाको पनि मतगणना सकिएको हो ।

सार्वजनिक भएको छ पालिकाको मतपरिणामअनुसार नेपाली कांग्रेसले भद्रपुर नगरपालिकामा प्रमुख, कचनकवल र झापा गाउँपालिकामा अध्यक्ष जितेको छ भने उपाध्यक्षमा कनकाई नगरपालिका र झापा गाउँपालिका जितेको छ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले कनकाई नगरपालिकामा प्रमुख र बाह्रदशी गाउँपालिकामा अध्यक्ष जितेको छ । बाह्रदशी र कचनकवल गाउँपालिकामा उपाध्यक्ष पद जितेको छ । 

राष्ट्रिय प्रजातन्त्र पार्टीले हल्दिवारी गाउँपालिकामा अध्यक्ष र उपाध्यक्ष दुवै पद जितेको छ भने भद्रपुर नगरपालिकामा उपप्रमुख पद जितेको छ । आठ नगर र सात पालिकामध्ये दुई नगरको मत गणना सकिए पनि दमक, गौरादह, शिवसताक्षी, मेची, विर्तामोड र अर्जुनधारा नगरपालिकाको मतगणना जारी छ । गाउँपालिकातर्फ वुद्धशान्ति, कमल र गौरीगञ्जको मतगणना जारी रहेको छ । रासस

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com