Yeti Khabar

२०८१ बैशाख १३, बिहीबार - Thu Apr, 2024 -

भरतपुर महानगरको मतगणना रोकियो भयो हङ्गमा

जेठ,१ काठमाण्डौ। चितवनको भरतपुर महानगरको मतगणना रोकिएको छ । स्वस्तिक छापका विषयमा विवाद हुँदा मतगणना रोकिएको हो ।

वडा नं। २ को गणना जारी रहँदा सू्र्य चिह्नमा परेको मतपत्रमा स्वस्तिकको मसी केही बढी लागेको मतलाई बदर गरेपछि मतगणनामा विवाद भएको एमालेका युवा नेता अस्मिन घिमिरेले बताए ।

‘पहिला सदर गरेको मतपत्र पछि श्रीमानले बदर भन्नुभयो त्यसमा हामीले आपत्ती जनायौं,’ घिमिरेले भने, ‘मुख्य निर्वाचन अधिकृत र गणक कर्मचारीले भूमिका शंकास्पद छ ।

उनले पहिला यो विषयको टुंगो नलागेसम्म एमालेका कोही पनि प्रतिनिधि नबस्ने बताए ।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com