Yeti Khabar

२०८१ बैशाख १३, बिहीबार - Thu Apr, 2024 -

विप्लव नेतृत्वको नेकपाका बामबहादुर बुढा प्युठानको माण्डवी गाउँपालिका-१ को वडा अध्यक्षमा निर्वाचित

वैशाख,३१ काठमाडौ । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका जिल्ला सचिवालय सदस्य बामबहादुर बुढा प्युठानको माण्डवी गाउँपालिका(१ को वडा अध्यक्षमा निर्वाचित भएका छन् ।

स्थानीय तह निर्वाचन २०७९ को निर्वाचनमा माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चा र नेपाली काङ्ग्रेसको समर्थनमा बुढामगर निर्वाचित भएका हुन् ।

वडा अध्यक्ष बुढामगरले ७७० मत पाए भने उनका निकटतम प्रतिद्वन्द्वी रिखबहादुर गौतमले ६२८ मत पाएका निर्वाचन अधिकृत कैलाश खत्री क्षेत्रीले जानकारी दिए ।
माण्डवी गाउँपालिकामा राजमो, नेकपा, माओवादी केन्द्र र नेपाली काङ्ग्रेसले चुनावी गठबन्धन गरेका छन् । नेकपाको तर्फबाट उम्मेदवारी दिएका नेताहरूले माओवादी केन्द्रको चुनाव चिन्हबाट लडेका थिए ।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com