Yeti Khabar

२०८१ बैशाख ५, बुधबार - Wed Apr, 2024 -

तालिवानको नयाँ निर्णय : श्रीमान–श्रीमतीले रेस्टुरेन्टमा सँगै खान नपाउने

तालिबानले अफगानिस्तानको पश्चिमी हेरात प्रान्तमा पुरुषहरूलाई अब परिवारका सदस्यसँग बसेर रेस्टुरेन्टमा खान बन्देज लगाएको छ । यसका अतिरिक्त पार्कमा पनि पुरुष र महिलालाई सँगै जान रोक लगाइएको छ ।

अफगानिस्तानको नवगठित सदाचार प्रवद्र्धन तथा दुराचार नियन्त्रण मन्त्रालयले लागू गरेको यो नियम श्रीमान–श्रीमतीमा पनि लागु हुनेछ । एक अफगान महिलाले हालै उनी आफ्नो श्रीमानसँग हेरात रेस्टुरेन्टमा जाँदा त्यहाँकी प्रबन्धकले उनलाई श्रीमानबाट अलग बसेर खाना खान भनेको बताइन् ।

सदाचार प्रवद्र्धन तथा दुराचार नियन्त्रण मन्त्रालयका अधिकारी रियाजुल्लाह सिरातले हेरातका पार्कहरूमा पनि मन्त्रालयले यस्तै आदेश जारी गरेको बताए । अब त्यहाँका पार्कमा पुरुष र महिलाहरु फरक–फरक दिनमा मात्र पार्कमा जान पाउँछन् ।

अब पार्कहरु बिहीबार, शुक्रबार र शनिबार महिलाका लागि खुल्नेछन् भने आइतबार, सोमबार, मंगलबार, बुधबार पुरुषहरूका लागि खुला हुनेछन् । यसअघि नै तालिबान सरकारले देशका महिलाहरूमाथि धेरै प्रतिबन्ध लागू गरिसकेको छ । तालिवानको शासनपछि महिलालाई एक्लै यात्रामा हिँड्न, सवारी साधन चलाउन, विज्ञापनमा महिलाको अनुहार प्रयोग गर्न प्रतिबन्ध लागेको छ । अब लामो यात्रामा निस्किने बेला महिलाले पुरुषलाई साथमा लैजानु पर्ने हुन्छ भने सार्बजनिक स्थानमा हिजाब अनिवार्य लगाउनुपर्छ ।

तालिबानले माध्यमिक तह र त्यसभन्दा माथिको शिक्षामा महिला विद्यार्थीलाई बन्देज लगाएको छ । पश्चिमी मुलुकहरुले तालिवानमाथि महिलाहरु माथिको प्रतिबन्ध खुकुलो बनाउन दबाब दिइरहेका छन् । तालिवानले भने आफूहरु माथिको प्रतिबन्ध हटाउने विषयमा छलफल हुँदा यो विषयलाई लेनदेनको विषय बनाउने सोच राखेको जस्तो देखिन्छ ।

अफगानिस्तानमा तालिवानको सत्ता फर्किएपछि पश्चिमी मुलुकले तिनका बैंकमा जम्मा भएका अफगान कोषलाई फ्रिज गरिदिएको छ । यसले तालिबान शासनले ठूलो आर्थिक कठिनाई भोगिरहेको छ । एजेन्सी

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com