Yeti Khabar

२०८० चैत्र १५, बिहीबार - Thu Mar, 2024 -

झडप र हवाई फायरपछि चार केन्द्रमा मतदान स्थगित

काठमाडौं ३० वैशाख । काभ्रे जिल्लाका चार वटा मतदान केन्द्रमा मतदान स्थगित भएको छ। मतदान अधिकृतले अशक्त व्यक्तिले भनेको भन्दा अर्कोमा चिन्ह्रमा मतदान गरिदिएको, मतदाताहरुलाई चारपाँच वटा मतपत्र दिएको, अशक्तले मतदान गर्ने विषयमा झडप, हवाई फायर भएपछि ती केन्द्रमा मतदान स्थगित भएको हो।

मतदात स्थगित भएका केन्द्रहरुमा चौंरीदेउराली गाँउपालिका ६ प्रभा माध्यमिक विद्यालय, पाँचखाल नगरपालिका १३ सिता माध्यमिक विद्यालय, तिमाल गाँउपालिका ७ भुमेश्वरी माध्यमिक विद्यालय, तिमाल ९ कै कुशेश्वर माध्यमिक विद्यालय केन्द्र छन्।

प्रभा माध्यमिक विद्यालय केन्द्रका मतदान अधिकृतले सशक्तले रुखमा हाल्ने भनेको मत सूर्यमा हालिदिए भन्ने विषयमा विवाद भएको थियो।
यसैगरी पाँचखाल १३ स्थित सिता माध्यमिक विद्यालय केन्द्रमा एउटा मतदातालाई निर्वाचन अधिकृतले चाररपाँच वटा मतपत्र दिएको भन्ने विषयमा विवाद भएपछि मतदान स्थगित भएको हो।

तिमाल ७ को भुमेश्वरी माविमा असक्तले भोट हाल्ने विषयमा दलहरुबीच विवाद भएपछि झडप भयो र स्थिती नियन्त्रण गर्न प्रहरीले एक राउण्ड हवाई फायर पनि गरेको छ।

Facebook Comment
Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com