Yeti Khabar

२०८० चैत्र १६, शुक्रबार - Fri Mar, 2024 -

कंगना रनावतविरूद्ध अदालतमा परेको उजुरी खारेज

बलिउड अभिनेत्री कंगना रनावत प्रायः विवादित अभिव्यक्तिका कारण चर्चामा आउँछिन्। बुधबार उनीमाथि लागेको देशद्रोहीको मुद्दा खारेज भएको छ।

भारतको धनबाद अदालतले उनीविरुद्ध लागेको देशद्रोह र भारतलाई लाचार देखाएको आरोप खारेज गरेको हो।
कंगनाविरुद्ध देशद्रोहीको मुद्दा सामाजिक कार्यकर्ता इजहार अहमदले गत वर्ष नोभेम्बरमा लगाएका थिए। कंगनाले सन् १९४७ मा भारतले भिखमा स्वतन्त्रता पाएको र वास्तविक स्वतन्त्रता सन् २०१४ मा मोदी सरकार आएपछि पाएको भन्दै अभिव्यक्ति दिएकी थिइन्।

दैनिक भास्करका अनुसार उनको मुद्दालाई न्यायाधीश सिद्धान्त तिग्गाले खारेज गरेका हुन्। कंगनाविरुद्ध यो मुद्दा अघि बढाउनमा पर्याप्त प्रमाण नभएको भन्दै मुद्दा खारेज गरिएको हो।

सामाजिक सञ्जालमा दिएको अभिव्यक्तिलाई लिएर उनीविरुद्ध अदालतमा देशद्रोहको मुद्दा दर्ता गरिएको थियो। भारत विरोधी बयान दिएको भन्दै कंगनाविरुद्ध दर्ता गरिएका यो मुद्दा एक वर्षपछि खारेज भएको हो। एजेन्सी

Facebook Comment
Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com