Yeti Khabar

२०८१ बैशाख १३, बिहीबार - Thu Apr, 2024 -

भोट हाल्न काठमाडौंबाट गाउँ फर्किनेहरुको भीड

काठमाडौं २८ वैशाख । वैशाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचनका लागि काठमाडौँ छाडेर घर जानेहरूको लर्को लागेको छ । विशेष गरी काठमाडौँबाट छिमेकी जिल्लाहरूमा जाने मानिसहरू धमाधम गाउँ फर्किन थालेका हुन् ।

काठमाडौँको बालाजु, बल्खु, कलङ्की लगायतका ठाउँमा पनि बसको टिकट काट्नेहरूको लाम देख्न सकिन्छ । ५ वर्षपछि स्थानीय तहको निर्वाचनमा भोट हाल्न जाने मतदाताहरू उत्साहित देखिन्छन् । गाउँ फर्किनेहरूको सङ्ख्या बढिरहेकोले सवारीहरूमा सर्वसाधारण खचाखच भरिएका छन् ।

ट्राफिक प्रहरीका अनुसार हिजोमात्र ५९ हजारले काठमाडौँ छाडेको र आज सो सङ्ख्या थप बढ्ने छ । यता काठमाडौँका सडकमा भने विगतको भन्दा कम सवारी देखिएका छन् ।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com