Yeti Khabar

२०८१ बैशाख ११, मंगलवार - Tue Apr, 2024 -

आज रातिदेखि मदिरा बिक्री वितरणमा रोक

काठमाडौं २७ वैशाख । तिनै जिल्ला काठमाडौं, भक्तपुर र ललितपुरमा आज रातिबाट मदिरा बिक्रीमा रोक लगाइने भएको छ।
मौन अवधि शुरू भएदेखि निर्वाचन नसकिउन्जेलसम्म मदिरा किनबेचमा रोक लगाइने भएको हो।
आसन्न वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनलाई लक्षित गरेर तीनै जिल्ला प्रशासन कार्यालयले मदिरा बिक्रीमा रोक लगाउने जनाएका छन्।

मदिराजन्य पदार्थको सेवनले शान्ति सुरक्षामा दखल पर्ने भन्दै प्रशासनले आजदेखि वैशाख ३० गते चुनाव अवधिभर मदिराजन्य पदार्थ किनबेचमा रोक लगाएको हो।

यसैबीच आज राति बाट मौन अवधि लागू हुँदैछ। मौन अवधिभर प्रचारप्रसार लगायतका गतिविधिमा निर्वाचन आचारसंहीता लागू हुने निर्वाचन आयोगले जनाएको छ।

चुनावी प्रचारप्रसारका लागि आज अन्तिम दिन हो। मौन अवधिभर कुनै पनि प्रचारप्रसारका गतिविधि गर्न नपाइने आचारसंहीतामा उल्लेख छ।
मौन अवधि शुरू हुनुभन्दा अगाडि मतदान केन्द्रको तीन सय मिटर क्षेत्रमा निर्वाचन चिन्ह र प्रचारप्रसारका सामग्री हटाउनुपर्ने, एसएमएस, फेसबुक, भाइबरजस्ता विद्युतीय माध्यमद्वारा प्रयोग गरिने सामाजिक सञ्जालमार्फत समेत मत माग्न र निर्वाचन प्रचारप्रसार गर्न पाइँदैन।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com