Yeti Khabar

२०८० चैत्र १६, शुक्रबार - Fri Mar, 2024 -

वैशाख ३० गते सार्वजनिक यातायातका साधन नचल्ने

काठमाडौं २२ वैशाख । स्थानीय तहको निर्वाचन अन्तर्गत मतदान हुने दिन वैशाख ३० गते सार्वजनिक यातायातका साधन नचल्ने भएका छन् । त्यस्तै प्रशासनको अनुमति पासबिनाका नीजि सवारी साधन पनि चलाउन नपाइने निर्वाचन आयोगले जनाएको छ ।

निर्वाचन आयोगले मतदानका दिन अनुमति पास विनाका सवारी साधन चलाउन नदिन भनेर सरकारलाई आज पत्र पठाएको हो । आयोगका अनुसार अपांगता भएका मतदाताका हकमा सम्बन्धित मुख्य निर्वाचन अधिकृतबाट सवारी अनुमति लिएर एकाघरका एक जनासहित मतदानस्थलमा जाने मापदण्ड तय गरिएको छ ।

सञ्चारकर्मीलाई सूचना विभागको कार्डका आधारमा प्रमुख जिल्ला अधिकारीले अनुमतिपत्र जारी गर्ने व्यवस्था गरेको निर्वाचन आयोगले जनाएको छ । मतदानका दिन दैनिक उपभोग्य वस्तु बोक्ने र अत्यावश्यक सवारी साधन भने चल्न सक्ने निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए । उनले विगतमा जस्तै मतदानका दिन यो पटक पनि यस्तो ब्यवस्था गर्न लागेको बताए ।

‘एम्बुलेन्स दमकल चल्छन्, दुध, तरकारीका गाडी चल्छन्, पत्रकारहरुले अनुमति लिएर हिँड्न पाइन्छ’, प्रवक्ता पौडेलले भने । त्यस्तै आयोगले भारत र चीनसँग जोडिएका सीमा नाका तीन दिन बन्द गर्न भनेर सरकारलाई पत्र पठाएको छ । वैशाख २७ गते राति १२ बजेदेखि अन्तर्राष्ट्रिय सीमाबाट हुने आवतजावत बन्द गर्न सरकारलाई पत्र पठाएर भनेको प्रवक्ता शर्माले जानकारी दिए ।

Facebook Comment
Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com