Yeti Khabar

२०८१ बैशाख ७, शुक्रबार - Fri Apr, 2024 -

मुख्यमन्त्रीलाई निर्वाचन आयोगले सोध्यो स्पष्टीकरण

२१ वैशाख, काठमाडौं । निर्वाचन आयोगले सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री त्रिलोचन भट्टलाई स्पष्टीकरण सोधेको छ ।
निर्वाचन आचार संहिता विपरीत अभिव्यक्ति दिएको भन्दै आयोगले स्पष्टीकरण सोधेको विज्ञप्ति निकालेर जानकारी दिएको छ ।

मुख्यमन्त्री भट्टले कैलालीको कैलारी गाउँपालिका अग्निपीडितलाई तुरुन्तै घर बनाइदिन्छु, अन्य सुविधासमेत दिन्छु भनेर आश्वासन दिएको र उक्त आश्वासन चुनावमा मत प्रभाव पार्ने गरी अभिव्यक्त भएकाले स्पष्टीकरण सोधिएको आयोगका अधिकारीहरुले बताएका छन् ।

यस्तै, निर्वाचन पर्यवेक्षण समिति नेपालका अध्यक्ष प्रदीप पोखरेललाई पनि आयोगले स्पष्टीकरण सोधेको छ । मुख्यमन्त्री भट्ट र पोखरेल दुबैलाई चौविस घण्टाभित्र स्पष्ट गरी पठाइदिन भनिएको आयोगका उपसचिव एवम् सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले जानकारी दिए ।

निर्वाचन पर्यवेक्षण समिति नेपालका अध्यक्ष पोखरेलले एउटा टेलिभिजनलाई अन्तर्वार्ता दिँदा निर्वाचन आयोगप्रति अनास्था जगाउने अभिव्यक्ति दिएको र व्यक्ति विशेषलाई भोट मागेको पाइएको आयोगले जनाएको छ ।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com