Yeti Khabar

२०८१ बैशाख ४, मंगलवार - Tue Apr, 2024 -

उत्कृष्ट पुनरागमन जितसहित लिभरपुल च्याम्पियन्स लिगको फाइनलमा

लिभरपुल च्याम्पियन्स लिगको फाइनलमा पुगेको छ।
गएराति भएको सेमिफाइनलको दोस्रो लेगमा १० खेलाडीमा समेटिएको भिल्लारियललाई ३-२ गोल अन्तरमा हराउँदै समग्रमा ५(२ नतिजा निकालेर लिभरपुल उपाधि नजिक पुगेको हो।

घरेलु मैदानमा भएको पहिलो लेगमा २-० को जित निकालेको लिभरपुलले दोस्रो लेगमा भिल्लारियलको घरेलु मैदानमा दुई गोलले पछि परेको अवस्था उल्ट्याउँदै रोमाञ्चक जित निकालेको हो।

खेलको तेस्रो मिनेटमै भिल्लारियलले सुरूआती अग्रता लियो। उसका लागि डीयाले गोल गर्दै घरेलु टोलीलाई अघि बढाए।
४१ औं मिनेटमा कोकिलिनले गोल गर्दै भिल्लारियललाई पहिलो हाफमा दुई गोलले अग्रता दिलाए।

पहिलो हाफमा २ गोलले पछि परेको लिभरपुलले १२ मिनेट भित्र ३ गोल गर्दै दोस्रो हाफमा उत्कृष्ट पुनरागमन गर्‍यो।
खेलको ६२ औं मिनेटमा फाबिन्होले गोल गर्दै लिभरपुललाई २-१ को स्थितिमा ल्याए। ६७ औं मिनेटमा लुइस डियाजको गोल गर्दै खेललाई बराबरीमा ल्याए।
त्यसपछि ७४ औं मिनेटमा साडियो मानेले गोल गर्दै लिभरपुललाई ३-२ को अग्रता दिलाए।

खेलको अन्तिम ५ मिनेट भिल्लारियल १० खेलाडीमा सिमित भयो। कापोइ दोहोरो पहेँलो कार्ड पाएर मैदान छोडेपछि घरेलु टोली थप दबाबमा पर्‍यो। त्यसपछि भिल्लारियल खेलमा फर्किन सकेन।
अब लिभरपुलले उपाधिका लागि रियल मड्रिड र म्यानचेस्टर सिटीबिचको विजेतासँग खेल्नेछ। एजेन्सी

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com