Yeti Khabar

२०८० चैत्र १६, शुक्रबार - Fri Mar, 2024 -

रुकुम पूर्वमा टेलिफोन र विद्युत सेवा अवरूद्ध

रुकुम पूर्वमा विद्युत र टेलिफोन सेवा अवरूद्ध भएको छ। जिल्लामा एकै पटक टेलिफोन र विद्युत सेवा अवरूद्ध हुँदा नागरिक मर्कामा परेका छन्।
सोमबारदेखि अवरूद्ध भएको टेलिफोन र विद्युत सेवा अहिलेसम्म सुरू हुन नसक्दा सेवाग्राही मारमा परेका हुन्। अहिले जिल्लावासीलाई फोन गर्न, इन्टरनेट चलाउन, सूचना आदानप्रदान गर्न, बत्ती बाल्न र विद्युतीय कामकाज गर्न समस्या भइरहेको छ।

रुकुम पश्चिमको जन्तीबस्ने लेकस्थित टावरमा चट्याङबाट क्षति पुग्दा रुकुम पूर्वमा टेलिफोन सेवा अवरूद्ध भएको दूरसञ्चार कार्यालय रुकुम पूर्वका प्रमुख चन्दनकुमार यादवले जानकारी दिए। चट्याङबाट तार जलेको छ। मर्मतको काम सम्पन्न भएको कार्यालयले जनाएको छ। टेलिफोन सेवा पुनः सञ्चालन हुन केही समय लाग्ने यादवले बताए।

नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र रुकुम पूर्वले हावाहुरीका कारण विद्युत सेवा अवरूद्ध भएको जनाएको छ। हावाहुरीले सल्यान र रुकुम पश्चिममा रुख ढलेका कारण सेवा अवरूद्ध भएको वितरण केन्द्रका प्रमुख सुरेश चौधरीले जानकारी दिए।

रुकुम पश्चिमको धैरेनीचौरस्थित सबस्टेसन सञ्चालनमा आएपछि समस्या समाधान हुने बताइएको छ।
रुकुम पश्चिमले काममा ढिलासुस्ती गर्दा रुकुम पूर्वमा विद्युत अनियमित हुने समस्या हट्न नसकेको वितरण केन्द्र रुकुम पूर्वले जनाएको छ।

टेलिफोन र विद्युत सेवा अवरूद्ध भएसँगै यहाँका सरकारी तथा गैरसरकारी कार्यालयमा कामकाज गर्न समस्या भएको छ।
स्थानीय तह चुनाव नजिकिँदै गर्दा विद्युत र टेलिफोन सेवा ठप्प हुँदा कामकाजमा बाधा पुगेको जिल्ला निर्वाचन अधिकारी तेजकुमार ओलीले बताए। रासस

Facebook Comment
Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com