Yeti Khabar

२०८० चैत्र १६, शुक्रबार - Fri Mar, 2024 -

दुई चिनियाँ नागरिकको मृत्यु, चार घाइते

मकवानपुर : मकवानपुरको बकैयामा तराईलाई काठमाडौँ जोड्ने द्रुतमार्ग निमार्ण गर्ने क्रममा लोडर दुर्घटना हुँदा दुईको मृत्यु भएको छ भने चार घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

मृतक दुवै चिनियाँ नागरिक रहेको प्रहरीले जनाएको छ। द्रुतमार्गको काम गरिरहेको लोडर एक्कासी सिमान्त खोलामा खस्दा लोडरमा रहेका छ जनामध्ये दुई जनाको मृत्यु भएको जिल्लाका प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए।

काठमाडौं जोड्ने द्रुतमार्गअन्र्तगत मकवानपुरको बकैया गाउँपालिकाको–११ घटेपाख र लेनडाँढा नजिक लोडर दुर्घटना हुँदा दुईको घटनास्थलमा मृत्यु भएको बताइएको छ। मृतक दुई सो द्रुत मार्गमा काम गर्ने चिनियाँ नागरिक रहेको प्रवक्ता कार्कीले बताए। घाइतेको उद्धार गरी हेटौँडा ल्याएको र उपचार भइरहेको बताइएको छ। मृतक र घाइतेको पहिचान खुल्न नसकेको प्रहरीले जनाएको छ। रासस

Facebook Comment
Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com