Yeti Khabar

२०८० चैत्र १६, शुक्रबार - Fri Mar, 2024 -

टिपरको ठक्करबाट स्कुटर चालकको मृत्यु

१३ वैशाख, काठमाडौं । भक्तपुरको मध्यपुरथिमी नगरपालिका वडा नम्बर ४ चारदोबाटोमा टिपरको ठक्करबाट स्कुटरमा सवार एक युवकको मृत्यु भएको छ । अर्का एकजना घाइते भएका छन् ।

नयाँथिमीबाट कोरियन अस्पताल तर्फ जाँदै गरेको बा४ख ८५८१ नम्बरको टिपर र गठ्ठाघरबाट नयाँथिमी तर्फ आउँदै गरेको बा.प्र.०२-०२३ प ७७६९ नम्बरको स्कुटर सोमबार राति करिब साढे १२ बजेतिर ठोक्किएका थिए ।

उक्त दुर्घटनामा स्कुटर चालक, काभ्रेको बेथानचोक गाउँपालिका-६ घर भई हाल भक्तपुरको चाँगुनारायण नगरपालिका-३ झौखेल ठकुरी गाउँमा बस्दै आएका ३२ वर्षीय ज्ञानेन्द्र मल्ल ठकुरीको मृत्यु भएको छ । उनको मध्यपुर अस्पतालमा उपचारको क्रममा राति १ बजेर १९ मिनेटमा मृत्यु भएको भक्तपुर प्रहरीले जनाएको छ ।
प्रहरीले टिपर चालक रामेछापको दोरम्बा-४ घर भई हाल भक्तपुरको मध्यपुरथिमी-७ सिद्धिकाली बस्ने ३६ वर्षीय तुल बहादुर सापकोटालाई नियन्त्रणमा लिएको छ

Facebook Comment
Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com